पिपुल्स पावरले असार ८ गतेदेखि सेयर निष्काशन गर्ने

-



     सफल आवाज    
     जेठ ३१ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ३१ जेठ । पिपुल्स पावर लिमिटेडले असार ८ गतेदेखि आयोजना प्रभावित जनताका लागि सेयर निष्काशन गर्ने भएकाे छ।

कम्पनीले प्रतिकित्ता रपैयाँ १०० अंकित मूल्यकाे ६ लाख ३२ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याउन लागेकाे हाे। इलाम नगरपालिका वडा नं. १ र ४ का आयाेजनाबाट अति प्रभावित जनताका लागि १ लाख ८९ हजार ७८० कित्ता रहेकाे छ। यस्तै इलाम जिल्लाका जनताका लागि लाख ४२ हजार ८२० कित्ता सेयर छुट्याइएकाे छ ।

सेयरमा लगानी गर्न चाहने लगानीर्ताले घटिमा १० बढीमा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। उनीहरूले असार २२ गतेसम्म आवेद दिन सक्नेछन् । ताेकिएकाे म्यादभित्र माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा ढिलाेमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले नेपाल बंगलादेश बैंक फिक्कल, प्रभु बैंक सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंक फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखाबाट आवेदन दिन पाउने भएका छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेकाे छ।