पाेखरा, ११ असाेज । नेपालको चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसी अहिले १९ औं पटक अनसनरत छन् । जुम्लाबाट अनसन थालेका उनलाई काठमाडौं ल्याएपछि सरकारले उपचारकै क्रममा धरपकड गरेपछि त्यसको सर्वत्र निन्दा भएको छ ।
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले नेपालको संविधानको मौलिक हक माग्ने अनसनकारीमाथि धरपकड हुनु लज्जास्पद भएको जनाएको छ । आइतबार विज्ञप्ति निकालेर संस्थाका अध्यक्ष विष्णुहरि अधिकारीले भनेका छन्, संविधानमै प्रत्याभूत स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न नागरिकले अनसन बस्नुपर्ने र ती नागरिकमाथि राज्यले धरपकड गर्नु लोकतन्त्रकै लागि लज्जाको विषय हो ।’

विज्ञप्तिमा डा केसीसँग राज्यले विगतमा गरेका सहमति कार्यान्वयन र नेपालको शिक्षा सुधारको सुरुआत गरी उनको जीवन रक्षाका लागि समेत आग्रह गरिएको छ ।
८ वर्षदेखि पटक पटक अनसन बस्दै आएका केसीलाई पटक पटक सहमति गरी सरकारले माग कार्यान्वयनमा भने उदासिनता देखाउँदै आएको छ ।
केसीले चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, प्रदेशमा खुलेका चिकित्सा अध्ययन संस्थानहरुमा स्रोत, साधन र जनशक्ति पु¥याएर एमबिबिएस अध्यापन तत्काल थाल्नुपर्ने, मेडिकल कलेज नभएका प्रदेशमा तत्काल स्थापना प्रक्रिया थाल्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि पिसिआर जाँच व्यापक बनाउनुपर्ने र सबै बिरामीले उचित उपचार पाउनुपर्ने व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



