
काठमाडाैं, ५ असार । रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि असार १३ गतेदेखि सेयर निष्काशन गर्ने बताएकाे छ ।
कम्पनीले स्थानिय जनताका लागि ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्काशन गर्ने भएकाे हाे। साे सेयरमा धेरै प्रभावित मानिएका गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमुरेका जनता रहेका छन् ।
यस्तै प्रसारण लाइनबाट प्रभावित मानिएका आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ, वडा नं. ५ चिलिमे र गाेसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरू, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ काे धुन्चे र सामान्य प्रभावित मानिएका रसुवा जिल्लाका जनताले आवेदन दिन पाउने छन् ।
कुल १० प्रतिशत शेयर अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका जनताबासिन्दाहरुका लागि ४.५ः१.५ः१ काे रेसियाेमा बाँडफाँड गरिने भएकाे छ।
लगानीकर्ताले छिटोमा असार २७ गतेसम्म र ढीलाेमा साउन १० गतेसम्म आवेदन दिन पाउने छन् । यसका लागि धितोपत्र बोर्डबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन पेश गर्न सकिनेछ। सेयरमा घटिमा १० कित्ता र बढीमा ७०० कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




