पहिलो कारोबारको दिन घट्यो सुनचाँदीको भाउ

-



     सफल आवाज    
     असार ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ असार । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रुपैयाँ ३०० ले घटेर तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको ९७ हजार ३०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले गिरावट भई तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार २७५ रुपैयामा कारोबार भएको थियो ।