सुनको भाउमा सामान्य बृद्धि, चाँदीको स्थिर

-



     सफल आवाज    
     असार ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा छापावाल सुनको भाउ समान्य बढेको छ । चाँदीको भाउ भने यसदिन स्थिर रहेर कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रुपैयाँ २०० ले बढेको छ । सेतो धातु चाँदीको भाउ आईतबार कै भाउ तोलाको १ हजार २६५ यतावत् रहेको छ ।

छापावाल सुन तोलामा रुपैयाँ २०० ले बढेर तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेको छ । भाउ स्थिर रहेको चाँदी आज तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भई रहेको छ । आईतबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।