
काठमाडौं, ६ असार । सेयर बजारको उकालो लाग्ने पालो कहिले आउने होला भनेर त्यो दिनलाई पर्खिरहेका लगानीकर्ताहरु आज पनि निरास भएका छन् ।
१९ बुँदे मागहरु राखेर आन्दोलन गरिरहेका उनीहरुले राष्ट्र बैंक, अर्थमन्त्रालय, नियामक निकाय र ठूला दलका नेताहरुलाई हारगुहार गरेर समस्या समाधानका लागि उचित पहल गरिदिन माग गरिरहेका छन् ।
आन्दोलित लगानीकर्ताहरुको तर्फबाट संघर्ष ‘समितिका संयोजक तीलक कोईराला आमरण अनसन बसिरहेका छन् भने नियामक निकाय मौन बसिरहेको छ । अहिलेसम्म ठाेस निर्णय प्रकाशमा ल्याएकाे छैन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक अर्धशतक अर्थात ४९.३१ अंकले घटेर १८८४.८१ विन्दुमा झरेकाे छ । नेप्सेमा २.५५ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ७.६६ अंकले घटेर ३६६.१९ विन्दुमा रहेको छ ।
यसदिन कुल २३० कम्पनीको सेयर कारोबार भएको छ । ६१ लाख ८६ हजार ९४१ कित्ता सेयरको कारोबारबाट १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको कारोबार भएको छ । सो कारोबार ११ करोड ८३ लाख २० हजार बराबरको रहेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




