जनरल इन्स्योरेन्सको रक्तदान कार्यक्रम

-



     सफल आवाज    
     असार ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ असार ।  जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कारोवार संचालन गरेको चौथो वर्ष पुरा गरेको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए ।
सोही अवसरमा कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम संचालन गरी स्थापना दिवस मनाईएको बताइएको छ ।