आइएमई समूहका अध्यक्ष चन्द्र ढकाललाई कोरोना पुष्टि

-



     सफल आवाज    
     असाेज १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ असोज । आइएमई समूहका अध्यक्ष चर्चित उद्यमी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वाव दिएको र सोमबार विहान आएको रिपोर्टमा आफूलाई कोरोना पोजिटिभ देखिएको अध्यक्ष ढकालले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालले आफूलाई कोरोना पुष्टि भए पनि कुनै लक्षण नभएको बताए । आफू स्वस्थ रहेको र घरमै आइसोलसनमा बस्ने उनले बताएका छन् ।