
काठमाडौं, ७ असार । हिमालयन हाइड्रोपावरले सर्वसाधारणका लागि सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागेकाे छ । कम्पनीले असार १५ गतेदेखि सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागेकाे हाे ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि ९ लाख कित्ता निष्काशन गरेको थियाे । उनीहरुलाइ २ लाख ८१ हजार ७५० कित्ता बाँडफाँड गरेर बाँकी रहेकाे ६ लाख १८ हजार २५० कित्ता समाहित गरी १९ लाख ६८ हजार २५० कित्ता सेयर सर्वसाधारणाका लागि बिक्रीमा ल्याउन लागेकाे जनाइएकाे छ ।
कम्पनीले बिक्रीमा ल्याउने कुल सेयरबा६ ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ । यस्तै ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरीएकाे छ। बाँकी रहने १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।
सेयरमा लगानी गर्नका लागि असार १९ गतेसम्म आवेदन दिन सकिनेछ। ताेकिएकाे मितिसम्म आवेदन नपरेकाे खण्डमा ढीलाेमा असार २९ गतेसम्म आवेदन दिन पाइने५ ।
आवेदनका लागि सेबाेनबाट अनुमति लिएका बैक तथा वित्तीय संस्था र शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ। लगानीकर्ताले मेराे सेयर एप्सबाट पनि आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता र बढीमा एक हजार कित्तासम्म माग गर्न सकिने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




