
काठमाडौं, ७ असार । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि केहि भएको छैन । यसदिन सुनचाँदीकाे भाउ अघिल्लो दिन सोमबारकै भाउमा खरिदबिक्री भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुनको भाउ तोलाको ९७ हजार ७०० रुपैयाँ नै कायम भएको थियो ।
तेजाबी सुन तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि तेजाबी सुन तोलाको ९७ हजार २०० रुपैयाँ नै कायम भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउ पनि स्थिर तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि चाँदी तोलाको १ हजार २६५ रुपैयाँमा नै कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




