पिपुल्स पावरको सेयर आजदेखि खुल्ला, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     असार ८ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ८ असार । पिपुल्स पावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका जनताका जनताका लागि सेयर निष्काशन तथा बिक्रीमा ल्याएकाे छ । कम्पनीले ६ लाख ३२ हजार ६०० कित्ता सेयर निष्काशन गरेकाे हो।

जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुने प्रतिकित्ता रूपैयाँ १०० अंकित मूल्य दरमा ६ लाख ३२ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे ।

साे सेयरमा इलाम नगरपालिका वडा नं. १ र ४ र बढी प्रभावित भएका जनताका लागि १ लाख ८९ हजार ७८० कित्ता रहेकाे छ ।यस्तै इलाम जिल्लाका जनताका लागि ४ लाख ४२ हजार ८२० कित्ता रहेकाे छ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० कित्ता र बढीमा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् ।यसका लागि असार २२ गतेसम्म आवेदन दिने मिति ताेकिएकाे छ । ताेकिएकाे अवधिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले नेपाल बंगलादेश बैंक फिक्कल, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखाबाट आवेदन दिन पाउने छन् । यस्तै सेबाेनबाट स्वीकृति लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।