दोर्दीखोला जलविद्युतको सेयर बाँडफाँड, २ लाख आवेदकले पाए प्रति ब्यक्ति १० कित्ता

-



     सफल आवाज    
     असार ८ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ८ असार । दोर्दी खोला जलविद्युत कम्पनीको सेयर आज बिहान बाँडफाँड गरिएकाे छ। कम्पनीले जेठ २६ गतेदेखि सेयर निष्काशन गरेको थियाे । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार साे सेयर आज बिहान ९ बजे सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो।

क्यापिटलका अनुसार सेयरमा १४ लाख ७१ हजार ६६५ आवेदन परेको थियो। कुल आवेदनबाट १४ लाख ७० हजार ७८३ आवेदन स्वीकृत भएका छन् । ८८२ वटा आवेदन रद्द भएका छन्।

२ लाख १ हजार ९८६ आवेदकलाइ १० कित्ताका दरले सेयर परेकाे छ । उनीहरूमध्ये भाग्यमानी ९ जनाले थप एक कित्ता प्राप्त सेयर पाएका छन्। ९ आवेदकले ११ कित्ता सेयर पाएका हुन् ।

आयोजना प्रभावित क्षेत्रका जनतालाई बाँडफाँड गरी बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्तासहित २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्काशन गरिएकाे थियो ।

६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि र १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ। बाँकी रहेकाे २० लाख १९ हजार ८३९ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गरिएकाे हाे।