नेप्सेमा लगातार गिरावट, जीवन बीमामा झुम्मिए लगानीकर्ता

-



     सफल आवाज    
     असार १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ असार । साताको सेयर कारोबार हुने तेश्रो दिन आज मंगलबार पनि सेयर बजारको ओरालोको यात्राले निरन्तरता पायो ।

सेयर लगानीकर्ताहरु र नियामक निकायबीच १९ बुँदे सहमति भएपछि त्यसको भोलिपल्ट उछाल आएको नेप्सेमा त्यसपछि लगातार ओरालो लागिरहेकाे छ ।

सेयर बजारले सकारात्मक लय पकड्न नसक्दा लगानीकर्ताहरुको मनोवल घटेकाे छ । अघिलो दिनको तुलनामा कारोबार रकम पनि आधाभन्दा बढीले घटेको छ ।

नेप्सेमा ११.८२ अंकको गिरावट भई १९२१.३१ विन्दुमा झरेको छ । यस्तै नेप्से ०.६१ प्रतिशतले घट्दा सेन्सटिभ इण्डेक्स ३.२२ अंकले घटेर ३७२.६० विन्दुमा रहेको छ ।

सोमबार ५६ लाख ४१ हजार ५४० कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४८ रुपैयाँ बराबरको कारोबार भएको थियाे । यसदिन १ अर्ब ५८ करोड २४ लाख ६ हजार ४७२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन २३० कम्पनीको सेयर खरिदबिक्री भएको छ । ३० लाख ३७ हजार ६३० कित्ता सेयरको कारोबारबाट १ अर्ब ५८ करोड २४ लाख ६ हजार ४७२ रुपैयाँ बराबरको कारोबार भएको छ । यो रकम अघिल्लो कारोबारकोभन्दा निकै कम हो ।

कुल १३ उपसमूहमध्ये दुईवटामा मात्र हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बैंकिङ तथा जीवन बीमातर्फ सामान्य ढंगले बढेको छ । बढी आकर्षण जीवन बीमाततर्फ देखिएकाे छ ।

बाँकी ११ वटा उपसमूह राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी एशिएन लाईफ इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको ७ करोड ३१ लाख ३३ हजार २५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।