सेयर बजारमा छायो हरियाली, १ अर्ब ४३ करोड बढीको कारोबार

-



     सफल आवाज    
     असार १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ असार । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । यसअघि लगातार ओरालो लाग्दै आएकाे सेयर बजारमा आज हरियाली छाउँदा लगानीकर्ताको मनोबल बढेको छ ।

नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६३.७१ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.१५ प्रतिशतको बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ६.५५ अंकले बढेर ३७९.१५ विन्दुमा पुगेको छ ।

कुल २२८ कम्पनीको सेयर कारोबार भएको छ । ४३ लाख ८६ हजार ४३९ कित्ता सेयरको कारोबारबाट १ अर्ब ४३ करोड १४ लाख ६४१ रुपैयाँ बराबरको कारोबार भएको छ । १३ वटै उपसमूहमा हरियाली छाएको छ । सबैको सेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी न्याग्दी ग्रुप पावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ५ करोड ४२ लाख ७६ हजार ६७८ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।