घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असार १६ गते २०७९ मा प्रकाशित



कठमाडौं, १६ असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९७ हजार ५०० रूपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुनको भाउ तोलाको ९७ हजार ३०० रुपैयाँ कायम भइ कारोबार भएको थियो ।

सेतो धातु चाँदी तोलाको १ हजार २३५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी तोलाको १ हजार २४० रुपैयाँ कायम भई कारोबार भएको थियो ।