आइएमई जनरल इन्स्योरेन्स र काठमाडौँ प्याथ ल्याब एण्ड डाइग्नोस्टिक सेन्टर बिच सम्झौता

-



     सफल आवाज    
     असार १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौं प्याथ ल्याब एण्ड डाइग्नोस्टिक सेन्टर बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब एण्ड डाइग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहक महानुभावहरुले काठमाडौँ प्याथ ल्याब एण्ड डाइग्नोस्टिक सेन्टर महाराजगंज, काठमाडौँबाट प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले काठमाडौँ प्याथ ल्याबसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहक महानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।