असार १९ गतेदेखि लागू हुनेगरी हट्यो एओएन सम्बन्धी व्यवस्था

-



     सफल आवाज    
     असार १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ असार । नेपाल स्टक एक्सचेन्जले असार १९ गतेदेखि लागू हुनेगरी एओएन सम्बन्धी व्यवस्थालाई हटाएको छ ।

सेयर बजारमा लागू हुँदै आएको एओएनको बारेमा लगानीर्ताहरुको असन्तुष्टि बढेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेन्जलाई यो व्यवस्था हटाउन निर्देशन दिएको हो ।

लगानीकर्ताले सेयर बजारमा बिक्रीका लागि राखेको सेयर खरिद कर्ताले सबै खरिद गर्ने ग्यारेन्टी नगरेसम्म बिक्री नहुने यो एउटा प्रणाली हो ।

यस्तो प्रणाली कायम भएसम्म ज्यादै सस्तो तथा महंगोमा सेयर अधिक सेयर बिक्रीमा राख्ने र चलखेल गर्ने गरेको लगानीकर्ताको गुनासो रहेको छ ।