तोलाको ९७ हजार २०० मा झर्यो सुनको भाउ, चाँदीको पनि घट्यो

-



     सफल आवाज    
     असार १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ असार । सुनचाँदीको भाउ लगातार ओरालो लागेको छ । अघिल्लो दिन सुन ताेलामा रुपैयाँ ३०० ले घटेर कारोबार भएको थियो ।

साताको सुनचाँदीको कारोबार हुने अन्तिम छैटौं दिन शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पहेंलो धातु छापावाल सुनमा यसदिन रुपैयाँ ३०० ले घटेर तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार छपावाल सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९६ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ २५ ले गिरावट भई तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी तोलाको १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।