हिमालयन हाइड्रोपावरको सेयरमा आजसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     असार १९ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १९ असार । हिमालयन हाइड्रोपावर निष्काशन गरेकाे सेयरमा आवेदन दिने आज असार १९ गते अन्तिम दिन रहेकाे छ । कम्पनीले असार १५ गतेदेखि सर्वसाधारणकाे लागि १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीमा ल्याएकाे थियाे ।

यसअघि प्रतिशेयर १०० अंकित दरमा ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका जनताका लागि निष्काशन गरिएकाे थियाे । २ लाख ८१ हजार ७५० कित्ता सेयर बाँडफाँड भएको थियाे। ६ लाख १८ हजार २५० कित्ता बाँकी रहेकाे थियाे । कम्पनीले उक्त सेयरसहित कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर बिक्रीमा ल्याएकाे हाे ।

बिक्रिमा ल्याइएकाे कुल सेयरबाट ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि रहेकाे छ । यस्तै ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ । बाँकि रहेकाे १८ लाख ३० हजार ४७२ कित्ताका लागि आवेदन दिन सकिने छ ।

सेयरमा लगानीकर्ताले घटिमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।