सुनको मूल्यमा वृद्धि

-



     सफल आवाज    
     असाेज १३ गते २०७७ मा प्रकाशित



काठमाडौँ, १३ असोज। पहेँलो धातु सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु ९०० ले बढेको छ ।

छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकेको महासङ्घले बताएकाे छ । आइतबार र सोमबार सुनको मूल्य स्थिर रहेको थियो ।

चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु २५ ले वृद्धि भई एक हजार १७५ मा काराेबार भएकाे छ ।