
काठमाडाैं, २१ असार । नेपाल आयल निगमले साेमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल, मट्टितेलमा प्रटिलिटर रु नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु पाँच वृद्धि गरेको हो ।
मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १८१, डिजेल/मट्टितेलको रु १७२ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु १९० पुगेको छ । निगमले हवाई इन्धन (बाह्य) र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ ।
पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको र खरिदबापत भुक्तानी गर्नुपर्ने वक्यौता बढ्दै गएको निगमले जनाएको छ । यही असार २४ गतेसम्म आइओसीलाई तिर्नुपर्ने बक्यौता रु ३० अर्ब पुग्ने निगमको प्रक्षेपण छ ।
बढेकाे मूल्यसूची बारे निगमकाे बिज्ञप्ति तलकाे बक्समा छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




