सुनचाँदीको भाउमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असार २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ असार । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य ढंगले बढेको छ । छापावाल सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुन तोलामा रुपैयाँ १०० ले बृद्धि भई तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि सोमबार छापावाल सुन स्थिर रहेर तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएर तोलाको १ हजार २०५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।