एसबिआई बैंकले ल्यायाे ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     असार २२ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २२ असार । नेपाल एसबिआई बैंक लिमिटेडले आजदेखि ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा बिक्री गर्न लागेकाे छ । वार्षिक १०.२५ प्रतिशत ब्याजदर रहेकाे साे ऋणपत्रकाे समयावधि अवधि ५ वर्षका लागि रहेकाे छ।

बैंकका अनुसार प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागिएको हो। बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ ।

१ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गरिने भएकाे छ । यसमा सामूहिक लगानी कोषकाेतर्फबाट आवेदन परेकाे छैन ।

लगानीकर्ताले ऋणपत्र खरिद गर्नका लागि असार २६ गतेसम्म आवेदन दिने म्याद रहेकाे छ । ताेकिएकाे अवधिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ। लगानीकर्ताले घटिमा २५ र बढीमा १२ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ्ग प्रदान गरेको छ। याे भनेकाे वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने बारेमा सुरक्षित रहेको संकेत मानिएकाे छ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।