
काठमाडाैं, २२ असार । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आजदेखि एक अर्ब २० करोड रुपैयाँ बराबरको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशन तथा बिक्री खुला गरेकाे छ ।
कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशतमध्ये १.५० प्रतिशत अर्थात १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटलका लागि रहेकाे छ ।
१३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक रहेकाे ग्लोबल आइएमई बैंकका लागि रहेकाे छ । बाँकी रहने १० करोड २० लाख इकाई सर्वसाधरणका लागि रहेकाे छ । क्यापिटलले घटिमा १०० देखि एक करोड २० लाख इकाईका लागि आवेदन दिनसक्ने जनाएकाे छ।
उक्त फण्ड ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने फण्ड हाे । यसका लागि लगानीकर्ताले असार २६ गतेसम्म आवेदन दिन पाउनेछन् । ताेकिएकाे म्यादसम्म मागबमाेजिमकाे आवेदन नपरेकाे खण्डमा साे इकाई खरिदका लागि साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ।
यो एक बन्दमुखी योजना हो। १० वर्षका लागि ल्याइएकाे याेजनामा लगानीकर्ताले फण्डको इकाईमा लगानी गर्न सेबाेनबाट स्वीकृित पाएका बैंक तथा वित्तीय संस्था, मेरो शेयरकाे वेब पेज र एप्सबाट आवेदन दिन सक्नेछन्।
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशनकर्ता ग्लोबल आइएमई क्यापिटल ग्लोबल आइएमई बैंकको पूर्ण स्वामित्वमा रहेकाे सहायक कम्पनी हो।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




