सयपत्री हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     असार २४ गते २०७९ मा प्रकाशित



काठमाडाै‌, २४ असार । सयपत्री हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले असार २ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरेको थियो।

कम्पनीका अनुसार प्रतिसेयर १०० अंकित दरकाे ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ्गकाे ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थायी जनताका लागि सेयर निष्काशन गरिएकाे हो।

लगानीकर्ताले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट हाखा र एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाडौँबाट आवेदन दिन सक्नेछन्। यस्तै सेबाेनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरुबाट आवेदन दिन पाइने छ।

सेयरमा लगानीका लागि लगानीकर्ताले घटिमा १० कित्ता र बढीमा ३० हजार कित्ताका सेयरका लागि आवेदन दिन पाउने व्यवस्था रहेकाे छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।