ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ काे आवेदन म्याद थपियाे

-



     सफल आवाज    
     असार २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ असार । ग्लोबल आइएमई क्यापिटलले बिक्रीमा ल्याएकाे ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ काे इकाईको लागि आवेदन दिने म्याद थप गरिएकाे छ । क्यापिटलले असार २२ गतेदेखि साे फण्ड निष्काशन तथा बिक्रीमा ल्याएकाेमा अब आवेदन दिने म्याद साउन ४ गतेसम्म सारिएकाे छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन तथा बिक्रीमा ल्याएको थियाे ।

कुल इकाईबाट १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटलका लागि रहेकाे छ । १ करोड ६२ लाख इकाई कोष प्रवर्धक रहेकाे ग्लोबल आइएमई बैंकलाई छुट्याइएकाे छ । त्यसबाट बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरण जनताका लागि रहेकाे छ ।

साे फण्डमा घटिमा १०० र बढीमा एक करोड २० लाख इकाईका लागि आवेदन दिन सकिने भएकाे छ। फण्डको इकाईमा लगानीका लागि लगानीकर्ताले सेबाेनबाट स्वीकृति लिएका बैंक तथा वित्तीय संस्था, मेरो शेयर वेब पेज र एप्सबाट आवेदन दिन सकिने याे बन्दमुखी योजना हो। यसकाे अवधि १० वर्षकाे रहेकाे छ । ग्लोबल आइएमई क्यापिटल ग्लोबल आइएमई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।