
काठमाडौं, १४ असोज । नेपाल घुम्न आउने पर्यटकका लागि नयाँ शर्त तोकिएको छ । नयाँ शर्त अनुसार अब पर्वतारोहण तथा पदयात्रामा आउने पर्यटकले कोरोना सम्बन्धी बीमा गरेको हुनुपर्नेछ । पर्वतारोहण तथा पदयात्राका लागि आउने पर्यटकले नेपाल भ्रमणमा आउँदा ५ हजार अमेरिकी डलर अर्थात ६ लाख नेपाली रुपैयाँ बराबरको बीमा गरेको कागजात पेश गर्नुपर्ने भएको छ ।
नेपालमा सो प्रयोजनका लागि आउने पर्यटकले नेपाल प्रवेश पश्चात पर्यटनले न्यूनतम सात दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने नयाँ व्यवस्था गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्वतारोहण तथा पदायात्रामा नेपाल आउँदा पालना गर्नुपर्ने शर्त सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको हो ।
सरकारले आउँदो १ कात्तिकदेखि पर्वतारोहण तथा पदयात्रा गतिविधि खुला गर्ने गरी २९ भदौमा गरेको निर्णय अनुसार अब नेपालमा विदेशी पर्यटक आउन पाउनेछन् । यो निर्णयसँगै होटल क्यारेन्टिमा बसेको ५ दिनको दिन निजकै खर्चमा पीसीआर टेष्ट गराउनु पर्ने छ ।
५ दिन पछि गरिएको कोरोना टेष्टमा पोजेटिभ रिपोर्ट आएमात्र पदयात्रा तथा पर्वतारोहणमा जान पाइने छैन । कोरोनाको रिपोर्ट नगेटिभ नआएसम्म होटलबाट बाहिर निस्कन पाइने छैन अर्थात होटल क्यारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरिएको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



