७७.०१ अंकले घट्यो नेप्से, २ अर्ब ३२ करोड बढीको कारोबार

-



     सफल आवाज    
     असार २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ असार । साताको कारोबार हुने दोश्रो दिन साेमबार सेयर बजार राताम्मै भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक नगरेसम्म सेयर बजारले सकारात्मक लय लिनेमा ढुक्क हुने अवस्था देखिएकाे छैन । साेमबार सेयर बजार राताम्मै भएपछि बजार कहिले उकालो लाग्ने हाे यो भने पखाईको विषय भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ विन्दुमा झरेको छ । नेप्से ३.८६ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स १३.०३ अंकले घटेर ३६६.८६ विन्दुमा रहेको छ ।

कुल २२७ कम्पनीको सेयर कारोबार भएको छ । ६३ लाख १३ हजार ६४१ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ११ करोड ४ लाख ३५ हजार ४८९ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।