सिटीजन्स लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढायो

-



     सफल आवाज    
     असाेज १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ असोज । सिटीजन्स लाइफ इन्स्योरेन्स ले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको चुक्तापूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ । ७५ करोडको आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

आईपीओ निष्कासनको लागि इन्स्योरेन्स र एनआइविएल एस क्यापिटलबीच सम्झौता भएको छ ।सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबिएल एस क्यापिटलको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।