अपर हेवाखोला हाइड्रोकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     असार २९ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २९ असार । अपर हेवाखोला हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकि रहेकाे छ । कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीमा ल्याएकाे थियाे ।

कम्पनीले प्रतिसेयर १०० अंकित दरकाे १५ लाख कित्ता साधारण सेयर निष्काशन गरेकाेमा त्यसबाट ३० हजार कित्ता सेयर कर्मचारीका लागि रहेकाे छ । ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ भने बाँकी रहने १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड सेबाेनबाट स्वीकृतिप्राप्त गरेका सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। यस्तै मेरो सेयर एप्स र वेब पेजबाट आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले घटिमा १० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउने भएका छन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।