राप्ती हाइड्रोकाे सेयर खुल्याे, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     असार २९ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २९ सेयर । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आजदेखि सर्वसाधारणका लागि २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीमा ल्याएकाे छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको बाँकी रहेको ३७ हजार ६२३ कित्तामा थप गरेर कुल २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर बिक्रीमा ल्याएकाे हाे।

यसबाट ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने बाँकी रहेकाे २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले घटिमा १० तथा बढीमा २१ लाख कित्ताका लागि साउन १ गतेसम्म आवेदन दिन सक्नेछन् । साे अविधमा माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले सेबाेनबाट स्वीकृति लिएका सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाहरूबाट आवेदन दिन पाउनेछन् ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। सह निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।