घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असार २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ असार । साताको सुनचाँदीको कारोबार हुने चाैथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ ५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ २०० ले घटेर तोलाको ९४ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँ कायम भइ कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदी तोलामा रु ५ ले घटेर तोलाको १ हजार १७० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी तोलाको १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।