सरकारी बेरूजुकाे ग्राफ बढ्दाे, सुधारका लागि देखिएन चासाे

-



     सफल आवाज    
     असार २९ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २९ असार । वर्षेनि सरकारी बेरूजुकाे पाराे बढीरहेकाे छ । यस वर्ष महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनले १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बेरुजु देखाएकाे हाे ।

याे वर्ष संघीय, प्रादेशिक र स्थानीय तहका संघ, संस्थाको ७५ खर्ब ३३ अर्ब ९ कराेडकाे लेखापरिक्षणबाट बेरुजु देखिएको हो ।याेसहित हालसम्म कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ देखिएकाे छ । यो गत सालकाेभन्दा १५.४६ प्रतिशतले बढी देखिएकाे छ।

संघीय सरकारी कार्यालयतर्फ लेखा परीक्षणबाट २६ अर्ब ३७ करोड ४९ लाख असुल गर्न बाँकी देखिएकाे छ । साेमध्ये १० मन्त्रालयको २६ अर्ब ९ करोड ८१ लाख रहेको छ । बाँकी मन्त्रालयको २७ करोड ६७ लाख देखिएको प्रतिवेदनमा उल्लेख छ।

थप विवरण प्रतिवेदनमा पढाैं। महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदन तलकाे बक्समा छ ।