नेप्से परिसूचक ३.१९ अंकले घट्याे, करिब २ अर्बको काराेबार

-



     सफल आवाज    
     असाेज १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ असोज । साताको चौथो दिन नेप्से ३.१९ अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ३.१९ अंकले घटेर १ हजार ५५० दशमलव ४३ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार आज १ अर्ब ९५ करोड ३६ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ४ वटा समूहबाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।