ग्लोबल आइएमई बैंक युरोमनी अवार्ड फर एक्सलेन्स, २०२२ पाउन सफल

-



     सफल आवाज    
     असार ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ असार । ग्लोबल आइएमई बैंकले “युरोमनी अवार्ड फर एक्सलेन्स–बेस्ट बैंक नेपाल २०२२” पाउन सफल भएकाे छ।

बेलायतको लण्डनमा बुधबार आयोजना गरिएकाे सम्मान कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले साे अवार्ड प्राप्त गरेका हुन्।

बैंकले ग्राहकलाई दिइरहेकाे सेवा, नयाँ प्रविधिको प्रयोग र उच्चस्तरीय कार्यसम्पादनकाे मूल्यांकनकाे आधारमा अवार्ड प्रदान गरिएको जनाइएकाे छ।

बैंकले देशका ७७ वटै जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन, राजश्व संकलन काउन्टर र ३ वटा देशमा प्रतिनिधि कार्यालय रहेका छन् । यसका ८७५ बढी सेवा केन्द्र र २८ लाख भन्दा बढी ग्राहकहरू रहेका छन् ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकले पाएकाे युरोमनी अवार्ड सन् १९९२ देखि स्थापना भएकाे एक बैंकिङ्ग क्षेत्रमा दिइने प्रतिष्ठित अवार्ड हो । यो वर्ष अमेरिकाको बैंक अफ अमेरिकाले विश्वको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको समाचारमा जनाइएकाे छ । 

युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका प्रख्यात व्यक्तिहरु संलग्न रहेका छन् ।