सक्रिय संक्रमित संख्या २० हजार ८९१

-



     सफल आवाज    
     असाेज १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ असोज । नेपालमा गएको २४ घण्टामा १ हजार ५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर १ हजार ५ सय ५९ जना संक्रमित थपिएको जनाएका हुन् । यसरी सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ पुगेको छ ।

हाल देशभर १० हजार ८७ जना संस्थागत आइसोलसनमा बसेका छन् । पछिल्लो समय १२ हजार २ सय ५ पीसीआर परीक्षण भएको हो ।

यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ५७ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या ५६ हजार ४ सय २८ जना पुगेको छ । निको हुने प्रतिशत ७२ दशमलब ५ रहेको छ ।