
काठमाडाैं, १ साउन । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जर सम्बन्धी सम्झौता सम्पन्न भएकाे छ । दुबै कम्पनीबीच मर्जर भएपछि कम्पनीको नाम प्रभु इन्स्योरेन्स कायम नै रहेकाे सहमति पत्रमा उल्लेख छ।
सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सका संचालक राजेन्द्र मल्ल र अजोडकाे तर्फबाट संचालक चिरन्जीबी द्वाले हस्ताक्षर गरेका छन् । प्रभु इन्स्याेरेन्स र अजोडबीच १००ः७० को अनुपातमा मर्जरका लागि सम्झौता भएको हाे ।
मर्जर भएपछि अब कम्पनीको अध्यक्ष अजोडका अध्यक्ष अजाद श्रेष्ठ हुने भएका छन् । प्रमुख कार्यकारी अधिकृतमा भने प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य हुने शनिबार सहमति भएको हाे।
प्रभु इन्स्याेरेन्सको चुक्ता पूँजी एक अर्ब २८ करोड तथा अजोडको एक अर्ब रहेकाे छ । स्वाप रेसियोका आधारमा मर्जर पछि चुक्ता पूँजी एक अर्ब ९८ करोड रुपैयाँ पुग्ने भएकाे छ ।
बीमा समितिले गएकाे जेठ २३ गते सबै बीमा कम्पनीहरुलाई २०७९ असार मसान्तसम्म मर्जरका लागि सम्झाैतामा हस्ताक्षर गर्न तथा मर्जरको सबै प्रक्रिया २०८० असारकाे अन्तिमसम्म पूरा गर्न निर्देशन गरेकाे थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




