तोलाको ९३ हजार ६०० मा झर्यो सुनको भाउ, चाँदीको बढ्यो

-



     सफल आवाज    
     श्रावण १ गते २०७९ मा प्रकाशित



कठमाडौं, १ साउन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आइतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटबढ भएको छ । छापावाल सुनमा रुपैयाँ २०० ले घटेको छ भने चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ २०० ले गिरावट भई तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको ९३ हजार ३०० रुपैयाँ कायम भएर कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएर तोलाको १ हजार १६० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलाको १ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।