
काठमाडौं, १ साउन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आइतबार नेपाली सेयर बजार दोहोरो अंकले बढेको छ । आजको यस सकारात्मक दृश्यले लगानीकर्ताहरुको मनोबल बढेको छ । नेप्से सकारात्मक लयमा गएको भएपनि कारोबार रकममा भने उलेख्य बृद्धि भएको छैन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक झिनो अंकले अर्थात १.९२ अंकले बढेर २०११.३९ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.१० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.०२ अंकले बढेर ३८५.९३ विन्दुमा पुगेको छ ।

यसदिन कुल २१० कम्पनीको सेयर कारोबार भएको छ । ३० लाख ४५ हजार ८८९ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ५ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ८ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६ करोड ४ लाख ६६ हजार १४३ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




