बरुण हाइड्रोपावरकाे सेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     श्रावण २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ साउन । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य आज नेप्सेमा समायोजन भएको छ। कम्पनीकाे हकप्रद सेयर निष्काशनकाे प्रयोजनका लागि बुकक्लोज भएसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य ताेकेकाे हाे ।

कम्पनीको शत प्रतिशत हकप्रद सेयर समायोजन भएको हाे । समायोजन गरेपछि कम्पनीको सेयरमूल्य २७१ रुपैयाँ ५० पैसा भएको छ। याे समायाेजन गरिएकाे मूल्य अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यलाइ आधार मानेर समायोजन गरिएकाे हाे । अघिल्लो कारोबार भएकाे दिन सेयरमूल्य प्रतिकित्ता ४४३ रुपैयाँ थियाे ।

हकप्रद सेयर निष्काशन भएपछि कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्ने भएकाे छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ्ग रहेको छ।