बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     श्रावण २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ साउन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाल सुनमा यसदिन तोलाको रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा आज रुपैयाँ ४०० ले बढेर तोलाको रुपैयाँ ९४ हजारमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।