
काठमाडाैं, १४ असोज । एजुकेशन प्लानेटले असोज १६ मा भर्चुअल प्रविधिद्वारा ‘इ–प्लानेट भर्चुअल अष्ट्रेलियन एजुकेशन फेयर’ मेला आयोजना गर्ने भएको छ ।
अष्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको सहभागीता रहने मेलामा नेपाल लगायतका विभिन्न देशहरुबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरु सहभागी भई प्रत्यक्ष लाभ लिन सक्ने कम्पनीका कार्यकारी निर्देशक नयन लामिछाने बताए ।
उनका अनुसार मेलाबाट विद्यार्थी तथा अभिभावकहरुले विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष संवाद गर्न सक्ने छन् ।
विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यता अनुसारको छात्रवृत्ति, निशुल्क आवेदन तथा अन्य विशेष छुटहरु प्राप्त गर्नुका साथै अध्ययन गर्न जान चाहेका विश्वविद्यालयहरुमा सिट सुनिश्चित समेत गर्न सक्ने कम्पनीका कार्यकारी प्रमुख सविन पण्डित क्षत्रीले बताए ।
कोरोना महामारीको परिस्थिति मध्यनजर गर्दै विद्यार्थीले अष्ट्रेलियामा अध्ययन गर्न जानेबारे सबै जानकारी दिन र जिज्ञाशाको समाधान गर्न प्लानेटले विभिन्न माध्यमबाट सेवा दिँदै आएको छ ।
फेयरबारे जानकारी दिँदै कम्पनीका प्रबन्धक बुद्धिबहादुर गुरुङले एजुकेशन प्लानेटका शाखाहरु लगनखेल, चितवन, कावासोती, बुटवल, पोखरा, इटहरी हुँदै भारतको हैदरावादबाट पनि विद्यार्थीको उल्लेखनीय सहभागिता रहने बताए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



