रू ३ अर्बकाे ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ मा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     श्रावण ४ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ४ साउन । नेपाल एसबिआई बैंकले बिक्रीमा ल्याएकाे ३ अर्ब रूपैयाँ बराबरकाे ऋणपत्रमा आवेदन दिने आज बुधबार अन्तिम दिन बाँकी रहेकाे छ ।

बैंकले असार २२ गतेदेखि ३० लाख कित्ता ऋणपत्र जारी गरेकाे थियाे । ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ नामक ऋणपत्रकाे अवधि ५ वर्षकाे रहेकाे छ ।

साे ऋणपत्र प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरकाे ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता रहेकाे छ । यसबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ । बाँकी रहने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गरिने भएकाे । यस ऋणपत्रमा सामूहिक लगानी कोषकाे तर्फबाट आवेदन परेकाे छैन ।

लगानीकर्ताले घटीमा २५ तथा बढिमा १२ लाख कित्ता सम्मका लागि आवेदन दिन पाउनेछन्। उनीहरूले सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरुबाट आवेदन पेश गर्न पाउनेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।