साउन १३ गतेदेखि सयपत्री हाइड्रोपावरले सेयर निष्कासन गर्दै

-



     सफल आवाज    
     श्रावण ४ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ४ साउन । सेयरमा लगानीका लागि मिति पर्खेर बसिरहेका लगानीकर्ताकाे लागि सेयरमा आवेदन दिने माैका आएकाे छ । सयपत्री हाइड्रोपावरले साउन १३ गतेदेखि सेयर निष्कासन तथा बिक्रीमा ल्याउने भएपछि याे माैका जुर्ने भएकाे हाे ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्कासन गरेपछि ७ लाख २१ हजार ६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि ६ लाख कित्ता सेयर निष्काशन गरिएकाेमा बाँकी रहेको १ लाख २१ हजार ६० कित्तासहित ७ लाख २१ हजार ६० कित्ता साधारण शेयर निष्कासन गरिने भएकाे हो।

साे सेयरबाट ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ । १४ हजार ४२१ कित्ता सेयर कर्मचारीको लागि रहेकाे छ। त्यसबाट बाँकी रहने ६ लाख ७० हजार ५८६ कित्ता सेयरमा साधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले साउन १७ गतेसम्म आवेदन दिन पाउनेछन् । साे अवधिसम्म मागअनुसारकाे आवेदन नपरेकाे खण्डमा साउन २७ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले घटिमा १० र बढीमा ३० हजार कित्ता माग गर्न पाउनेछन्। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।