
काठमाडौं, ४ साउन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । १३ उप समूहको सकारात्मक लयमा क्रमभंगता भएको छ भने कारोबार अघिल्लो दिनको तुलनामा कमि देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५०.५९ विन्दुमा चढेको छ भने नेप्से ०.२४ प्रतिशतले बढेको छ । सेन्सेटिभ इण्डेक्स ०.९७ अंकले बढेर ३९२.५० विन्दुमा पुगेको छ ।

कुल २१५ कम्पनीको सेयर खरिदबिक्री भएको छ । ४१ लाख ३३ हजार ७०९ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी ७ उपसमूहमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।
यसदिन बैंकिङतर्फ ०.६२ अंकले घटेको छ । व्यापारतर्फ १२.१७ अंकले, होटल तथा पर्यटनतर्फ ९.७५ अंकले घटेको छ । हाईड्रोपावरतर्फ १२.६२ अंकले र जीवन बीमातर्फ २८.२२ अंकले घटेको छ ।

सेयर बढेकाहरुमा विकास बैंकतर्फ ५.३५ अंकले, फाइनान्सतर्फ ३१.३६ अंकले, नीर्जिवन बीमातर्फ ५६.१९ अंकले बढेको छ ।
उत्पादनतर्फ ६३.४२ अंकले बढेको छ । अन्यतर्फ १७.२३ अंकले, माइक्रोफाइनान्सतर्फ ७.९९ अंकले, म्युचुअल फण्डतर्फ ०.०२ अंकले र लगानी उपसमूहतर्फ ०.४८ अंकले बढेको छ ।
कारोबारको आधारमा लगातार शिवम् सिमेन्ट आज पनि अगाडी देखिएको छ । कम्पनीको १६ करोड ४२ लाख ५९ हजार ९१७ रुपैयाँ बराबरको कारोबार भएको छ ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




