बैरागी नेपाल सरकारका मुख्य सचिव

-



     सफल आवाज    
     असाेज १५ गते २०७७ मा प्रकाशित



काठमाडौ, १५ असाेज । नेपाल सरकारकाे मुख्य सचिवमा शंकरदास बैरागी नियुक्त भएका छन् ।

बिहीवार बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

लोकदर्शन रेग्मीले राजीनामा दिएपछि बैरागीलाई बाटाे खुलेकाे हाे । अबको कर्मचारीतन्त्रको नेतृत्व बैरागीले गर्नेछन् ।

रेग्मी बेलायतका लागि नयाँ राजदूत भएर जाँदैछन् ।

यसैगरि सरकारले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाकाे लागि राजदुत नियुक्त गरेकाे छ ।