सुनको भाउमा रु १००० ले वृद्धि, चाँदीकाे पनि बढ्याे

-



     सफल आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ साउन । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १००० र चाँदीमा रुपैयाँ १० ले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १००० ले बढेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन तोलाको ९२ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

चाँदीमा यसदिन १० रुपैयाँले वृद्धि भएर तोलाको १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सेतो धातु चाँदी तोलाको १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।