मौद्रिक नीति आउने दिन नेप्सेमा दाेहाेराे अंककाे गिरावट, शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार

-



     सफल आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ साउन । साताको सेयर कारोबार हुने अन्तिम दिन नेपाली सेयर बजार राताम्मै भएको छ । नेपाल राष्ट्र बैंकले आज अपरान्ह ४ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागिरहेको बेलामा मौद्रिक नीतिलाई पर्खिरहेका लगानीकर्ताहरु ढुक्क छन् भन्ने विश्वस्त आधार भने देखिएको छैन ।

लामो समय देखि १९ बुँदे माग गर्दै आन्दोलित लगानीकर्ताहरु नियामक निकायसंगको सहमति पछि पनि सन्तुष्ट छैनन् । त्यसपछि पनि सुधारका बारेमा नियामक निकाय, नेताहरु ने उनीहरुले सेयर धितो कर्जामा लगाईएको ४/२ को क्याप पूर्ण रुपमा खारेजीकाे माग गर्दै त्यस्ताे व्यवश्था हट्नु पर्नेमा जोड दिदैं आएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७.२६ अंकले घटेर २०१७ विन्दुमा झरेको छ । नेप्सेमा १.३३ प्रतित गिरावट हुँला सेन्सेटिभ इण्डेक्स ५.४० अंकले घटेर ३८६.२४ विन्दुमा रहेको छ ।

कुल २१२ कम्पनीको सेयर काराबार भएको छ । ३३ लाख २० हजार ५१२ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्ट्स कम्पनीको कारोबार भएको छ । कम्पनीको २१ करोड २ हजार ४७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।