४/१२ काे नीतिमा संशाेधन-१२ कायमै, बैंकदर बढाएर ८.५ प्रतिशत पुर्याइयाे(पूर्णपाठ)

-



     सफल आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेका छन् । लगानीकर्ताहरुले लामाे समयसम्म असन्तुष्टि जनाइरहेकाे विषय सेयर धिताे कर्जामा आधा संवाेधन गरिएकाे छ ।

राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको ४/१२ को क्यापमा संशोधन गरेको छ । यस अनुसार सेयर धितो कर्जामा जम्मा १२ करोड मात्र लिन सकिने भएकाे छ। यसअघिकाे एउटा बैंकबाट ४ करोड मात्र लिने व्यवस्थालाइ खारेज गरिएकाे छ  । लगानीकर्ताले भने ४/१२ काे क्यापलाइ नै खारेजिकाे माग गर्दै आएका थिए ।

मौद्रिक नीतिमा बैंकदर १.५ प्रतिशतले बढाएर ८.५ प्रतिशत पुर्याइएको छ । यसअघि बैंकदर ७ प्रतिशत रहेकाे थियाे । गभर्नर अधिकारीले अबदेखि मर्जरका नाममा काराेबार राेक्का नहुने बताए । उनले मर्जर तथा एक्विजिशन प्रयाेजनका लागि काराेबार राेक्का गर्ने प्रणाली खारेज गरिएकाे बताए ।

आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिकाे पूर्णपाठ तलकाे बक्समा छ ।