
पोखरा, १६ असोज । पोखरा महानगरपालिकाले दुई जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पोखराका १०७ वर्षीया कलावती गिरि र १०४ वर्षीय तेजबहादुर गुरुङ छन् ।
३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसरमा पोखरा ११ रानीपौवाका गुरुङलाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र पोखरा २४ की गिरीलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उनीहरुकै घर पुगेर १० हजार १ सय २५, फूलमाला र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।
कार्यक्रममा मेयर जिसीले खानपानमा ख्याल गर्ने हो भने आयु बढ्ने बताए । उनले सम्मानले सकारात्मक सोच विकास गराउने बताए । ज्येष्ठ नागरिकको मनमा चोट पुग्ने काम कसैले पनि गर्न नहुने र उनीहरुलई सम्मानपूर्वक बाँच्ने वातावरण मिलाउनु पर्ने मेयर जिसीको भनाइ थियो ।
उपप्रमुख गुरुङले ज्येष्ठ नागरिकलाई माया, सद्भाव र सम्मान व्यक्त गर्नुपर्ने बताइन् । ज्येष्ठ नागरिकलाई परिवारका सदस्यले दुःख कष्ट नदिई पालनपोषण गर्नुपर्ने सुझाव दिइन् ।

महानगरले ज्येष्ठ नागरिकको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै यस आर्थिक वर्षबाट पोखरा महानगरपालिकाभित्र सार्वजनिक यातायात भाडा निःशुल्क गर्ने गरी २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
कार्यक्रममा पोखरा २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदी र वडा ११ का वडाध्यक्षक्ष मोहन बास्तोला पनि बोलेका थिए ।
महानगरले प्रत्येक वर्ष ज्येष्ठ नागरिकमध्ये पुरुष र महिलालाई नगरपिता र नगरआमाको रुपमा सम्मान गर्दै आएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



